नेभिगेशन
समाज

रवि लामिछानेमाथि साँधिएको प्रतिशोध नयाँ सोच र नेतामाथिको घातक प्रहारः डिपि अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध नयाँ सोच र प्रतिबद्धता माथिको घातक प्रहार भएको बताएका छन् । सोमबार नयाँ वर्षको सुभकामना सन्देश सार्वजनिक गर्दै उपसभापति समेत रहेका अर्यालले आफूहरुमाथि भएको प्रहारविरुद्ध नागरिकले गरेको प्रतिवादको सम्मान गर्ने बताएका छन् । 

‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौं ।’, विज्ञप्तीमा भनिएको छ । 

CG

त्यस्तै सरकारकै कार्यशैलीले नागरिकमा बढेको निराशा र आक्रोशप्रति सरकार गम्भिर हुनुपर्ने समयमा सरकार भने आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत रहेको बताएका छन् । त्यस्तै नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न समेत अर्यालले सरकारलाई अनुरोध गरेका छन् । ‘राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत छ ।’, अर्यालले भनेका छन्, ‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ ।’

त्यस्तै नयाँ वर्ष सुरु हुनु भनेको प्रतिबद्धता पूरा गर्ने संकल्पको दिन सुरु हुनु रहेको उनले बताए । व्यवस्थाभित्र औंल्याइएका कमजोरीको सुधार, राष्ट्रिय जीवनका मुख्य समस्याको समाधानमा मार्गचित्र निर्माण र सुसंस्कृत प्रतिस्पर्धात्मक राजनीतिक संस्कारको अभिवृद्धिका लागि रास्वपाको सकारात्मक योगदान रहने समेत उनले बताएका छन् । 

490735503_655159277224070_1884662692941117591_n-1744616366.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै