नेभिगेशन
समाज

रवि लामिछानेमाथि साँधिएको प्रतिशोध नयाँ सोच र नेतामाथिको घातक प्रहारः डिपि अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध नयाँ सोच र प्रतिबद्धता माथिको घातक प्रहार भएको बताएका छन् । सोमबार नयाँ वर्षको सुभकामना सन्देश सार्वजनिक गर्दै उपसभापति समेत रहेका अर्यालले आफूहरुमाथि भएको प्रहारविरुद्ध नागरिकले गरेको प्रतिवादको सम्मान गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौं ।’, विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै सरकारकै कार्यशैलीले नागरिकमा बढेको निराशा र आक्रोशप्रति सरकार गम्भिर हुनुपर्ने समयमा सरकार भने आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत रहेको बताएका छन् । त्यस्तै नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न समेत अर्यालले सरकारलाई अनुरोध गरेका छन् । ‘राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत छ ।’, अर्यालले भनेका छन्, ‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ ।’

त्यस्तै नयाँ वर्ष सुरु हुनु भनेको प्रतिबद्धता पूरा गर्ने संकल्पको दिन सुरु हुनु रहेको उनले बताए । व्यवस्थाभित्र औंल्याइएका कमजोरीको सुधार, राष्ट्रिय जीवनका मुख्य समस्याको समाधानमा मार्गचित्र निर्माण र सुसंस्कृत प्रतिस्पर्धात्मक राजनीतिक संस्कारको अभिवृद्धिका लागि रास्वपाको सकारात्मक योगदान रहने समेत उनले बताएका छन् । 

490735503_655159277224070_1884662692941117591_n-1744616366.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

भर्खरै