नेभिगेशन
मुख्य समाचार

कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् ।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।

‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।

ट्रम्प र उहाँका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छूटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ । 

“चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ१ कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन् ।

यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो। 
अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो ।

सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ । 

नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा प¥ुयाउनेछ।

अल्पकालिक राहत 

अमेरिकी राष्ट्रिय प्रतिरक्षा सञ्जालका लागि महत्वपूर्ण मानिएका वस्तुहरूमा आगामी क्षेत्र–विशिष्ट करको लागि लक्षित प्राप्त केही छूट इलेक्ट्रोनिक्स उपभोक्ताहरूका लागि अल्पकालिक राहत हुन सक्छ।

“हामी आगामी राष्ट्रिय सुरक्षा कर अनुसन्धानमा सेमीकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृङ्खलालाई हेरिरहेका छौं,” ट्रम्पले आइतबार भने । 

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ‘अति विशिष्ट’ विवरण दिने बताउनुभएको छ भने उहाँका वाणिज्यमन्त्री हावर्ड लुटनिकले सेमीकन्डक्टर कर ‘एक वा दुई महिनाभित्र’ लागू हुने बताए । 

सबै अमेरिकी व्यापार असन्तुलनलाई शून्यमा ल्याउने उद्देश्यले करको लागि प्रशासनिक शब्द प्रयोग गद लुटनिकले भने,“फार्मास्युटिकल उत्पादनहरू ‘पारस्परिक’ करभन्दा बाहिर पनि हुन सक्नेछन्।” 

अमेरिकी राष्ट्रपति ट्रम्पले यस महिनाको सुरुमा दर्जनौं व्यापारिक साझेदारहरूमाथि व्यापक आयात करको घोषणा गरेर वित्तीय बजारलाई एकपछि अर्को गर्दै ९० दिनको विरामको घोषणा गरेका थिए।

चीनलाई उक्त छूटबाट बाहिर राखिएको छ ।

ह्वाइट हाउसले ट्रम्प चीनसँग सम्झौता हुनेमा आशावादी रहेको बताएको छ, यद्यपि अमेरिकी अधिकारीहरूले यसका लागि बेइजिङले पहिले सम्पर्क गर्नुपर्ने बताएका छन् ।

ट्रम्पका व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आइतबार सीबीएस ‘फेस द नेसन’ सँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच वार्ताका लागि तत्काल कुनै योजना नभएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताए ।

भर्खरै