नेभिगेशन
समाज

शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै देशभरका शिक्षक, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीहरूलाई कक्षा १२ को परीक्षा, भर्ना अभियान र अन्य शैक्षिक गतिविधिहरूमा सहभागी नहुन स्पष्ट रूपमा आग्रह गरेको छ। महासंघको नेतृत्वमा माघ २० गतेदेखि शुरु भएको आन्दोलन चैत २० गतेदेखि काठमाडौं केन्द्रित छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले विशेष रूपमा वैशाख ११ गतेदेखि सुरु हुन गइरहेको कक्षा १२ को परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, परीक्षा निरीक्षक लगायतका जिम्मेवारीहरूमा सहभागी नहुन अनुरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ 'यो आन्दोलन शिक्षा ऐनलाई शीघ्रता साथ जारी गराई विद्यालय शिक्षामा आवश्यक सुधार र गुणस्तर वृद्धिको मागलाई सम्बोधन गराउने उद्देश्यले गरिएको हो'।

Ncell
Extreme Energy

शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ। आन्दोलनको समयावधिभरमा कुनै पनि किसिमको परीक्षाको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, नयाँ विद्यार्थीहरूको भर्ना प्रक्रिया तथा विद्यालयको प्रवेश परीक्षाजस्ता कार्यहरूमा भाग नलिन सबै शिक्षकहरूलाई पुनः एक पटक ध्यानाकर्षण गराइएको छ।

महासंघले निजी विद्यालय संगठनहरू, विशेष गरेर प्याब्सन  र एनप्याब्सन  लाई पनि आफूहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रिय साथ दिन आह्वान गरेको छ। शिक्षा क्षेत्रको सुधार सबैको साझा सरोकार भएको भन्दै यी संघसंस्थालाई पनि समावेश गरेर अझ सशक्त दबाब सिर्जना गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ।

उक्त विज्ञप्तिमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। तर, जबसम्म सरकार शिक्षकको मागप्रति संवेदनशील भएर आवश्यक कदम चाल्दैन, तबसम्म आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने चेतावनी पनि दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।