नेभिगेशन
मुख्य समाचार

दुर्गा प्रसाई विरुद्ध ड्युटीमा खटिएका प्रहरीले दिए सामूहिक निवेदन, ज्यान मार्ने उद्योगमा अनुसन्धान हुँदै 

काठमाडौं । तीनकुने प्रकरणमा दुर्गा प्रसाईँविरुद्ध ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा सामूहिक निवेदन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौ स्रोतका अनुसार प्रदर्शनका क्रममा सुरक्षा घेरामा बसेका प्रहरीलाई गाडीले पेल्दै अघि बढेका प्रसई विरुद्ध सो स्थानमा ड्युटीमा खटिएका प्रहरीले सामूहिक निवेदन दिएका हुन् । 

यस अघि अपराधिक उपद्रव,  राजद्रोहको कसुर, संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले, प्रहरीको सामूहिक निवेदनपछि भने ज्यान मार्ने उद्योगको कसुरमापनि अनुसन्धान थालेको छ । 

CG

प्रसाई विरुद्ध जिल्ला अदालत काठमाडौँमा १२ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । चैत १५ गते तीनकुनेमा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आयोजनामा राजासंस्था पुर्नस्थापनका लागि प्रदर्शन भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरी बिच सुरु भएको तनाव उग्र भएको थियो । 

प्रहरीले मञ्चमै अश्रूग्यास प्रहार गरेपछि राजावादी प्रदर्शकारीहरुले निजीघरमा आगो लगाएका थिए । साथै जडिबुटीस्थित सन्चो उत्पादन उद्योगमा तथा सरकारी तथा निजी सवारीमा आगो लगाएका थिए । सोहि दिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री समेत रहेको सांसद धवल शमसेर जबरालाई पक्राउ गरेको थियो । 

तर प्रदर्शनका कमाण्डर भनिएको दुर्गा प्रसाई भने सोहि दिनेखि फरार भएको थिए । भारत पुगेका प्रसाईलाई प्रहरीले घटनाको १३ दिनपछि आसामबाट पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा सरकारसंग छलफल

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा सरकारसंग छलफल

मंगलबार आयोगले काठमाडौंमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसंग जनसंख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने व्यवस्थाका सम्बन्धमा छलफल गरेको...
मुलुक निर्वाचनमा होमिइसकेको छः मन्त्री खरेल

मुलुक निर्वाचनमा होमिइसकेको छः मन्त्री खरेल

मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति...
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए ।माथिल्लो अरुण आयोजना र पहुँच मार्ग...