नेभिगेशन
समाज

दुर्गा प्रसाई विरुद्ध ड्युटीमा खटिएका प्रहरीले दिए सामूहिक निवेदन, ज्यान मार्ने उद्योगमा अनुसन्धान हुँदै 

काठमाडौं । तीनकुने प्रकरणमा दुर्गा प्रसाईँविरुद्ध ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा सामूहिक निवेदन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौ स्रोतका अनुसार प्रदर्शनका क्रममा सुरक्षा घेरामा बसेका प्रहरीलाई गाडीले पेल्दै अघि बढेका प्रसई विरुद्ध सो स्थानमा ड्युटीमा खटिएका प्रहरीले सामूहिक निवेदन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि अपराधिक उपद्रव,  राजद्रोहको कसुर, संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले, प्रहरीको सामूहिक निवेदनपछि भने ज्यान मार्ने उद्योगको कसुरमापनि अनुसन्धान थालेको छ । 

Ncell
Extreme Energy

प्रसाई विरुद्ध जिल्ला अदालत काठमाडौँमा १२ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । चैत १५ गते तीनकुनेमा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आयोजनामा राजासंस्था पुर्नस्थापनका लागि प्रदर्शन भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरी बिच सुरु भएको तनाव उग्र भएको थियो । 

प्रहरीले मञ्चमै अश्रूग्यास प्रहार गरेपछि राजावादी प्रदर्शकारीहरुले निजीघरमा आगो लगाएका थिए । साथै जडिबुटीस्थित सन्चो उत्पादन उद्योगमा तथा सरकारी तथा निजी सवारीमा आगो लगाएका थिए । सोहि दिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री समेत रहेको सांसद धवल शमसेर जबरालाई पक्राउ गरेको थियो । 

तर प्रदर्शनका कमाण्डर भनिएको दुर्गा प्रसाई भने सोहि दिनेखि फरार भएको थिए । भारत पुगेका प्रसाईलाई प्रहरीले घटनाको १३ दिनपछि आसामबाट पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाका पार्टी सदस्य ५ लाख २३ हजार ४६५

रास्वपाका पार्टी सदस्य ५ लाख २३ हजार ४६५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टी सदस्य ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।
नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले विसं २०१६...
शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छः मन्त्री यादव

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छः मन्त्री यादव

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताकी हुन्। उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने...