नेभिगेशन
मुख्य समाचार

आजको मौसमः देशका अधिकांश भागमा सफा रहने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

CG

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोरखामा रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड

गोरखामा रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड

पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ।
पार्टीको आधिकारिकताका विषयमा काँग्रेस देउवा पक्ष निर्वाचन आयोगमा

पार्टीको आधिकारिकताका विषयमा काँग्रेस देउवा पक्ष निर्वाचन आयोगमा

शुक्रवार बिहानै काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका विषयमा विवाद चुलिएको...
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छः बालेन

देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छः बालेन

‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ...