नेभिगेशन
समाज

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

काठमाडौँ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने जनाएका छन् । आज पनि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने बताएका छन्। बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि गरेका छन्।

Ncell
Extreme Energy

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।

उनले देशभरका शिक्षकहरूलाई काठमाडौं आउन पनि आग्रह गरेका छन्। महासंघको नेतृत्व चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो।

सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यद्यपि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...