नेभिगेशन
मुख्य समाचार

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

काठमाडौँ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने जनाएका छन् । आज पनि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने बताएका छन्। बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि गरेका छन्।

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।

उनले देशभरका शिक्षकहरूलाई काठमाडौं आउन पनि आग्रह गरेका छन्। महासंघको नेतृत्व चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो।

सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यद्यपि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...