नेभिगेशन
मुख्य समाचार

‘म अलिकती कांग्रेस हो, अलिकती कम्युनिष्ट हो’ – बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफू अलिकती कांग्रेस, अलिकती कम्युनिष्ट भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले आफूमा दुबै गुण भएको बताएका हुन् । 

उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रताका मात्रै कुरा गर्ने, कम्युनिष्टहरुले समानताका मात्रै कुरा गर्दा त्यो अपुरो थ्यो भन्ने मेरो बुझाई हो । त्यसै भएको हुनाले म अलिकती कांग्रेस हो, अलिकती कम्युनिष्ट हो । म दुबैको गुण भएको र अली अगाडी बढेको नयाँ मान्छे हो भनेर म स्पष्ट पार्न चाहन्छु ।’ 

CG

त्यस्तै उनले दलहरुबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् । भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरि अघि बढ्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन् । राजनीति बाङ्गोटिङ्गो हुदै अघि बढ्ने प्रक्रिया भएपनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए । 

भट्टराईले अहिले बिभिन्न ढंगले प्रतिगामीहरु सल्वलाउदै बिभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे । 

उहाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । काठमाडौँ लगाएत देशका विभिन्न ठाउँमा यसै दिनको अवसरमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमको...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक...
निर्वाचन ४८ दिन बाँकीः यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

निर्वाचन ४८ दिन बाँकीः यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’  अनुसार मतदान अधिकृतमा नियुक्त...
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...