नेभिगेशन
समाज

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, अर्का एकजना गम्भीर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र  स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

CG

आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । 

दुर्घटनामा सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । 

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु...