नेभिगेशन
समाज

नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा एमालेले दियो प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ । नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव हस्तान्तरण गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले बताए । 

Ncell
Extreme Energy

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको जानकारी गराए । सुझाव बुझ्दै प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभागहरुको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।