नेभिगेशन
मुख्य समाचार

आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौँ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

CG

त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।