नेभिगेशन
समाज

देउवा निवासमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक जारी 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक जारी छ । केही घण्टा अघिदेखि नै बुढानीलकण्ठमा बैठक जारी रहेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसका उच्च तहका नेताहरु नै पछिल्लो समय सरकारसँग असन्तुष्ट रहेपछि देउवाले बैठक बोलाएका हुन् । पार्टीका उपसभापति पुर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शिर्षस्थ नेताहरुले अहिलेको गठबन्धनले काम गर्न नसकेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । 

Ncell
Extreme Energy

सरकार पक्षका नेताहरुले असन्तुष्ट बनेपछि पछिल्लो समय सरकार ढल्ने हल्ला चल्न थालेपछि देउवा निवासमा बैठक बसेको हो । त्यसो त महामन्त्री थापा र उपसभापति खड्का बुधबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् । सोही विषयमा समेत कुराकानी गर्न बैठक बोलाइएको बताइएको छ । 

बैठकमा पछिल्लो समयका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।