नेभिगेशन
मुख्य समाचार

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । 

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।   

CG

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गरे । 

“अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।