नेभिगेशन
समाज

कांग्रेस पदाधिकारी र मन्त्रीसहितको बैठकको निष्कर्ष, ‘सरकारको गति पुगेन, बढाउनुपर्यो’

काठमाडौँ । नेपाली कांग्रेसले सत्तागठबन्धनसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

Ncell
Extreme Energy

गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले बताए । प्रवक्ता महतले नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता देखिएको धारणा राखे । तालमेल र समन्वयका विषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उनले बताए । प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने जिकिर गरे । 

बैठकमा आगामी केन्द्रीत समिति बैठकमा लैजाने एजेण्डा, संगठनका बिषय, शिक्षक आन्दोलन लगायतका बिषयमा छलफल भएको प्रवक्ता महतले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।
विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पूर्वाधारमन्त्री सुनिल लम्सालको आफ्नै पार्टीका सांसदले आलोचना गरेकामा असन्तुष्टि जनाएका छन् ।
नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।