नेभिगेशन
समाज

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौंडा–४ शितल महलचोकमा रहेको  ‘द नाइन्टिन सलोन’ ले आफ्नो सैलुनमा एसी र इन्भर्टरको माग गर्दै दिएको निवेदनमा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तोक लगाइदिएकी छन्। 

Ncell
Extreme Energy

सैलुनका सञ्चालक सुसन घलानले गर्मी बढेको र नियमित विद्युत आपूर्ति नभएकाले गुणस्तरीय सेवा दिन एक/एक थान एसी र इन्भर्टरको माग गर्दै सोमबार उपमहानगरपालिकामा निवेदन दिएका थिए। सोही निवेदनमा तोक लगाउँदै मेयर लामाले आर्थिक शाखालाई ‘माग भएका सामग्रीको लागत अनुमान तयार गरिदिनुहुन’ निर्देशन दिएकी छिन् । 

सो तोकको तस्विर सोही सैलुनले टिकटकमा अपलोड गरेका थिए । उक्त तस्विर भाइरल भएपछि त्यसको चौतर्फी विरोध भएको हो । 

मेयर लामाले हेटौँडामा २ युवा मिलेर खोलेको सो सैलुनको उद्घाटन समेत गरेकी थिइन् । उद्घाटनका क्रममा उनले आफूले सैलुनमा एसी जडानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।