नेभिगेशन
समाज

बैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ ओटै जिल्लामा विरोधसभा, धर्ना र प्रदलर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’ अध्यक्ष लिङ्देनले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले आन्दोलन र पार्टी संगठन विस्तालाई सँगसँगै लैजाने निर्णय गरिएको जानकारी दिए । 
‘उपत्यकामा हामीले सँगसँगै सबै वडा तहसम्म सबै नेता पुग्ने र संगठनलाई अझौ मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने  निर्णय गरेको छ ।’ 

अध्यक्ष लिङ्देनले आफ्ना नेताहरु रविन्द्र मिश्र, धवलशमशेर राणा तथा अन्य नेताहरुलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । उनीहरु चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...