नेभिगेशन
समाज

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको स्पष्टिकरण दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मैले बालेनजीलाई भेटेको वशन्तपुरमा त्यो स्टेजमा हो । त्यसपछि भेटेको छैन । यो जुन तरिकाले न्युहरु बनाइएको छ भन्दाखेरी डिफेन्सिभ पोजिसनमा राखौँ । डिफेन्सिभ पोजिसनमा जे पनि सोध्न पाइन्छ भन्ने तरिकाले गरियाछ । यो तरिकाले हामीले राजनीतिलाई अगाडि लैजान सक्दैनौँ ।’ उनले भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले एउटै मान्छे धेरै पदमा बस्दा डेलिभरी दिन नसकेको स्वीकार गर्दै राजीनामा दिएको बताएकी छिन् । ‘मैले पार्टीबाट राजीनामा दिएको  होइन । केन्द्रीय सदस्यबाट राजीनामा दिएको होइन । एउटा व्यक्तिले एकभन्दा बढी पद लिएर बस्दा डेलिभरी दिन सकिन । सहमहामन्त्रीका रुपमा त्यो स्वीकारोक्तिको साथ म भनिरहेको छु ।’ उनले भनिन् । 

त्यस्तै उनले यो राजीनामा २ हप्ताअघि नै दिएको जानकारी गराएकी छिन् । तर गलत समयमा पार्टीभित्रैबाट कसैले सार्वजनिक गरिदिएको उनको आरोप छ । 

उनले भनिन् , मैले यो राजीनामा २ हप्ता अगाडी दिएको हो, पार्टी सभापति सभापतित्व ग्रहण गर्नुभएको समयमा । शुक्रबार उहाँलाई पत्र दिएपछि तत्कालिन कार्यवाहक सभापतिज्यूलाई यो न्युज होल्ड गरौँ भनेकै हो । तर आज मलाई तारन्तार सिनियर जर्नलिष्टहरुको फोन आयो । यो कहाँबाट थाहा पाउनुभयो भनेर सोधेँ ।  तपाईँको पाटी भित्रैबाट कसैले एसएमएस गरेको छ । मैले सिसिएम (केन्द्रीय समिति बैठक) मा यो कुरा राखेको छैन । यो प्लीज होल्ड गरौँ, मैले  सिसिएममा छलफल गर्न पाउँछु भन्दा बजारमा छ्यापछा्याप्ती भईसक्यो । अब रोक्नसक्नुहुन्न भनेर बिहान पनि पत्रकार साथीहरुले भन्नुभएको थियो । पार्टी भित्रैबाट कसैले एसएमएस गर्नु गलत हो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...