नेभिगेशन
मुख्य समाचार

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको स्पष्टिकरण दिएकी हुन् । 

‘मैले बालेनजीलाई भेटेको वशन्तपुरमा त्यो स्टेजमा हो । त्यसपछि भेटेको छैन । यो जुन तरिकाले न्युहरु बनाइएको छ भन्दाखेरी डिफेन्सिभ पोजिसनमा राखौँ । डिफेन्सिभ पोजिसनमा जे पनि सोध्न पाइन्छ भन्ने तरिकाले गरियाछ । यो तरिकाले हामीले राजनीतिलाई अगाडि लैजान सक्दैनौँ ।’ उनले भनिन् । 

CG

त्यस्तै उनले एउटै मान्छे धेरै पदमा बस्दा डेलिभरी दिन नसकेको स्वीकार गर्दै राजीनामा दिएको बताएकी छिन् । ‘मैले पार्टीबाट राजीनामा दिएको  होइन । केन्द्रीय सदस्यबाट राजीनामा दिएको होइन । एउटा व्यक्तिले एकभन्दा बढी पद लिएर बस्दा डेलिभरी दिन सकिन । सहमहामन्त्रीका रुपमा त्यो स्वीकारोक्तिको साथ म भनिरहेको छु ।’ उनले भनिन् । 

त्यस्तै उनले यो राजीनामा २ हप्ताअघि नै दिएको जानकारी गराएकी छिन् । तर गलत समयमा पार्टीभित्रैबाट कसैले सार्वजनिक गरिदिएको उनको आरोप छ । 

उनले भनिन् , मैले यो राजीनामा २ हप्ता अगाडी दिएको हो, पार्टी सभापति सभापतित्व ग्रहण गर्नुभएको समयमा । शुक्रबार उहाँलाई पत्र दिएपछि तत्कालिन कार्यवाहक सभापतिज्यूलाई यो न्युज होल्ड गरौँ भनेकै हो । तर आज मलाई तारन्तार सिनियर जर्नलिष्टहरुको फोन आयो । यो कहाँबाट थाहा पाउनुभयो भनेर सोधेँ ।  तपाईँको पाटी भित्रैबाट कसैले एसएमएस गरेको छ । मैले सिसिएम (केन्द्रीय समिति बैठक) मा यो कुरा राखेको छैन । यो प्लीज होल्ड गरौँ, मैले  सिसिएममा छलफल गर्न पाउँछु भन्दा बजारमा छ्यापछा्याप्ती भईसक्यो । अब रोक्नसक्नुहुन्न भनेर बिहान पनि पत्रकार साथीहरुले भन्नुभएको थियो । पार्टी भित्रैबाट कसैले एसएमएस गर्नु गलत हो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।