नेभिगेशन
समाज

माग सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

काठमाडौँ । संयुक्त ट्रेड यूनियन सञ्जालकले कर्मचारीहरुको मागलाई सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै कर्मचारी संगठनले आफुहरुले दिएका सुझाव समेतका आधारमा संघीय निजामती सेवा ऐनलाई अघि बढाउनुपर्ने भन्दै कर्मचारीको मागलाई वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

Ncell
Extreme Energy

राष्ट्रियस्तरका ट्रेड युनियनहरुसंग संवाद र छलफल गरि प्रतिनिधिसभाको प्रथम बैठक अगावै विधेयक पेश गर्न सञ्जालले माग गरेको छ । संयुक्त ट्रेड यूनियन सञ्जाल निरन्तर दवावमूलक कार्यक्रममा रहेको अवस्थामा आफ्ना मागहरुप्रति सरकार र संसद उदासिन भइ सुनुवाई नगरे सञ्जालका तर्फबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ । 

संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने आफुहरुको माग रहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए । 

सञ्जालको ज्ञापन पत्र बुझ्दै समितिका सभापति रामहरि खतिवडाले कर्मचारीहरुले राखेका सरोकारका बिषयलाई समावेश गर्दै विधेयकलाई अघि बढाउने प्रतिवद्धता जनाए । 

सञ्जालले योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीहरुको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्ने ब्यबस्था गर्नुपर्ने माग गरिएको छ । त्यस्तै सञ्जालले अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगितावाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...