नेभिगेशन
समाज

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौँ । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
    
आधुनिक नेपाली कविताहरुको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली बाङमय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको राशी रु ७५ हजार छ । विसं १९९८ असारमा धनकुटामा जन्मिनुभएका दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् ।
    
आजको बैठकले आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली बाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने तोया गुरुङलाई रु ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ । विसं २००४ चैतमा सिन्धुपालचोकमा जन्मिनुभएका विशिष्ट साहित्यकार गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरु प्रकाशित छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिष्ठानले विसं २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पु¥याउनुहुने व्यक्तित्वलाई उक्त पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

“छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो”, उपसभामुख ठाकुरले भनिन् ।  बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन...
जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

समता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सभापति थापाले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वास व्यक्त...
बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।