नेभिगेशन
समाज

आज राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाको प्रदर्शन, निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने 

काठमाडौं । राजसंस्था पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आन्दोलन गर्दै छ । आजबाट हरेक दिन सशक्त आन्दोलन गर्ने घोषणा गरेको राप्रपाले आज निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणानै गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विजुलीबजारमा प्रदर्शन गर्ने जनाएको राप्रपाले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने देखिएको छ । 

Ncell
Extreme Energy


राप्रपा अध्यक्ष लिङदेनकै नेतृत्वमा विजुलीबजारबाट सुरु भएको प्रदर्शनले बानेश्वरको निषेधित क्षेत्र तर्फ लाग्ने छ  ।


राप्रपाका नेताहरुले प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका छन् । एक नेताका अनुसार निषेधित क्षेत्र तोड्ने र अवस्था आए सामूहिक गिरफ्तारी दिने तयारीमा राप्रपाका नेताहरु रहेका छन् । 


यो अवस्थामा प्रहरीसँग धकेलाधकेल भएपनि तोडफोड र तनावको योजनामा राप्रपा नभएको ति नेताले बताए । तर प्रहरीले दमन गरेको खण्डमा भने आन्दोलनको रणनिति परिवर्तन हुन सक्ने छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...