नेभिगेशन
समाज

राप्रपाको प्रदर्शनः निषेधित क्षेत्र नतोड्न सरकारको चेतावनी 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था पुनस्र्थापनाको माग सहित प्रदर्शन गर्दै छ । बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


 अघिनै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाले घोषणा गरेसँगै सरकारले भने चेतावनी दिएको छ । 

Ncell
Extreme Energy

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै निषेधित क्षेत्र तोडे कानुनी बमोजिम कारबाही गर्ने जनाएको हो । 
शनिबार गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ‘समाजमा हिंसा फैलाउने कुनै पनि अराजक , उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ । ’

आजको प्रदर्शनलाई सशक्त बनाउने रणनितिमा रहेको राप्रपाले निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने रणनितिमा नेताहरु रहेको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...