नेभिगेशन
मुख्य समाचार

राप्रपाको प्रदर्शनः निषेधित क्षेत्र नतोड्न सरकारको चेतावनी 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था पुनस्र्थापनाको माग सहित प्रदर्शन गर्दै छ । बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । 


 अघिनै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाले घोषणा गरेसँगै सरकारले भने चेतावनी दिएको छ । 

CG

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै निषेधित क्षेत्र तोडे कानुनी बमोजिम कारबाही गर्ने जनाएको हो । 
शनिबार गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ‘समाजमा हिंसा फैलाउने कुनै पनि अराजक , उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ । ’

आजको प्रदर्शनलाई सशक्त बनाउने रणनितिमा रहेको राप्रपाले निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने रणनितिमा नेताहरु रहेको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल हुँदै

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल हुँदै

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनेछन् ।...
उदयपुरमा ७५० केजी गाँजासहित २ जना पक्राउ

उदयपुरमा ७५० केजी गाँजासहित २ जना पक्राउ

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।
तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो...
रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

मतदानका लागि खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर छुट्याएर उम्मेदवारहरु समेटिएका छन् । तीमध्ये ५७ जना महिला उम्मेदवार अनिवार्य गर्दै छ। मतदानका क्रममा हरेक...