नेभिगेशन
समाज

चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

इलाम । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा  श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उनलाई पैसाको लोभ भयो । विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भनिन्, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर आमासँग कुरा हुन पाएन ।”

Ncell
Extreme Energy

गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ । “एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ”, सृजनाले भनिन्, “म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो । सम्पर्क छैन । न सास, न लास केही पत्तो भएन ।”

सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गरेकी छिन् । “नागरिकता भए सजिलो हुन्थो रे १ मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौँ । तर, आगलागी हुँदा ढड्डा डढ्यो भन्नुभयो । खै केही उपाय होला कि ।”

सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताए । “सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी)मार्फत हामी नागरिकता नम्बर खोजीमा छौँ । कसले फसायो । उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ”, वडाध्यक्ष बम्जनले भने, “सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ । खेती किसानी गरेर बच्चा हुर्काउनुभयो । अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन् । वडा साथमा छ ।”

श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन । सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन । “धेरै पढ्नु भएन । बोल्न, भन्न आँट गर्नुहुन्न । हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौँ । भाग्य रहेछ भने आमा भन्न पाइएला”, कान्छा छोरा बिराजले भने । सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज हुनुहुन्छ । बिराज माध्यमिक तह पढिरहनुभएको छ । छोरी सृजना झापा बसेर ब्याचलर गरिरहनुभएको छभने तीन छोरा भारतमा श्रम गरिरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।