नेभिगेशन
मुख्य समाचार

राजेन्द्र लिङ्देन भन्छन्ः हामी जे गर्छौँ भनेर गर्छौ, प्रदर्शनमा सरकार डराउन पर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने भएकाले सरकारलाई नडराउन भनेका छन् । 


उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आजको प्रदर्शन  निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण  हुने जनाएका हुन् । 

CG

साथै उनले राप्रपाका वैचारिक हिसाबले प्रतिपक्ष दल भएकाले जे गर्छ भनेरै गर्ने दाबी गरेका छन् । 

आज दिउँसो १२ बजे राप्रपाले राज संस्था पुनःस्थापनका लागि भन्दै बिजुलीबजारमा प्रदर्शन गर्दै छ । साथै आजको प्रदर्शनले निषेधित क्षेत्र तोड्ने राप्रपाले जनाएको छ । 

राप्रपाको प्रदर्शनलाई लिएर गृह मन्त्रालयले समेत विज्ञप्ती जारी गरेको छ । निषेधित क्षेत्र तोडे कारवाही गर्ने चेतावनी दिएको छ । 

यता राप्रपाका नेताहरुले भने आजको प्रदर्शनमा सिमित नेताहरु सहभागी हुने र शान्तिपूर्ण आन्दोलनमा दमन भए सामूहिक गिरफ्तारी दिने तयारीमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।