नेभिगेशन
मुख्य समाचार

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ। 

City Express

लामिछानेले यसअघि उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले गरेको आदेश विरुद्धपनि सर्वोच्च सर्वोचचमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश गरेको हो । 

इजलासले चैत्र २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशको आधार प्रमाण र कारणसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । 

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनउपर आइतबार सुनवाई हुने भएको हो । 

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । सो आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो । 

उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी प्रदर्शनका घाइतेको उपचारमा रगत अभाव भएपछि झापाबाट एकहत्तर पाउण्ड रगत काठमाडौँ पठाइयो

जेन-जी प्रदर्शनका घाइतेको उपचारमा रगत अभाव भएपछि झापाबाट एकहत्तर पाउण्ड रगत काठमाडौँ पठाइयो

काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।
जेन-जी प्रदर्शनः ट्रमा सेन्टरमा मृत्यु भएका ८ मध्ये ५ जनाको पहिचान खुल्यो

जेन-जी प्रदर्शनः ट्रमा सेन्टरमा मृत्यु भएका ८ मध्ये ५ जनाको पहिचान खुल्यो

सेन्टरका अनुसार अन्दाजी  १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।
नयाँबानेश्वरमा बिहानैबाट प्रदर्शन

नयाँबानेश्वरमा बिहानैबाट प्रदर्शन

बिहानैबाट युवाहरु बानेश्वर संसद भवन अगाडी भेला भएर नारा बाजी सुरु गरेका छन् ।
ललितपुरकाे भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा कफ्र्यू आदेश जारी

ललितपुरकाे भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा कफ्र्यू आदेश जारी

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।

भर्खरै