नेभिगेशन
समाज

प्रहरीकै परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
 
प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
 
प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशीला कार्कीको आक्रोश– बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

सुशीला कार्कीको आक्रोश– बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

यसैबीच कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो । लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी...
कामु प्रधानन्यायाधीश मल्लः 'डरमा न्याय सम्भव छैन, दुई तिहाइको सरकारको होस् कि महाअभियोगको' (पूर्णपाठ)

कामु प्रधानन्यायाधीश मल्लः 'डरमा न्याय सम्भव छैन, दुई तिहाइको सरकारको होस् कि महाअभियोगको' (पूर्णपाठ)

‘म हाम्रा सबै न्यायाधीशहरुलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर नै किन नहोस्। चाहे त्यो महाअभियोगको डर नै किन नहोस्,’  ...
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको...
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...

भर्खरै