नेभिगेशन
मुख्य समाचार

गभर्नर नियुक्तिसम्बन्धी रिट तथा निवेदन आज पनि हेर्न भ्याइएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी सर्वोच्च परेका रिट तथा निवेदनमा आज पनि हेर्न नभ्याइने भएको छ । 

गभर्नरको उमेयर योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको  पूरक निवेदनमा आज पनि हेर्न नभ्याइने भएको हो । 

CG

आज न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि १३ औँ नम्बरमा पेसी तोकिएको पनि हेर्न नभ्याइनेको सूचिमा परेका छन् । 

यस अघि आइतबार पनि उक्त रिट र निवेदन हेर्न नभ्याइनेमा परेको थियो । 
 अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएपछि विषय सर्वोच्च पुगेको थियो । उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि र बालेनको ५ घण्टा 'वान टु वान वार्ता', के भयो कुरा ? (भिडियोसहित)

रवि र बालेनको ५ घण्टा 'वान टु वान वार्ता', के भयो कुरा ? (भिडियोसहित)

सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । केही दिन अघि मात्रै बाबु गुमाए बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबिच भावनात्मक कुराहरू  ...
मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको मध्यरातमा सकिएको छ । वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा निस्किएका छन् ।
हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन  वार्तामा म छैन: कुलमान

हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन वार्तामा म छैन: कुलमान

‘म अहिले त्यो वार्तामा छैन् तर हामी सबै वैकल्पिक शक्ति एक भएरै जाने हो,’ उनले भने, ‘उहाँहरु वार्तामा हुनुहुन्छ मेरो शुभेक्षा छ।’
महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस्...