नेभिगेशन
मुख्य समाचार

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी यहाँ आउनलागेका हुन् ।  

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।   

CG

मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन तथा २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्ने प्रवक्ता देवले बताए । 

मङ्गलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ । दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यही वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि र बालेनको ५ घण्टा 'वान टु वान वार्ता', के भयो कुरा ? (भिडियोसहित)

रवि र बालेनको ५ घण्टा 'वान टु वान वार्ता', के भयो कुरा ? (भिडियोसहित)

सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । केही दिन अघि मात्रै बाबु गुमाए बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबिच भावनात्मक कुराहरू  ...
मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

मध्यरातमा सकियो रवि र बालेनको बैठक, एउटै गाडीमा सवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको मध्यरातमा सकिएको छ । वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा निस्किएका छन् ।
हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन  वार्तामा म छैन: कुलमान

हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन वार्तामा म छैन: कुलमान

‘म अहिले त्यो वार्तामा छैन् तर हामी सबै वैकल्पिक शक्ति एक भएरै जाने हो,’ उनले भने, ‘उहाँहरु वार्तामा हुनुहुन्छ मेरो शुभेक्षा छ।’
महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

महावीर पुनले भने: 'विदेशमा बस्नेले भोट हाल्न पाउने छाँट छैन, केके अभियान चलाउने हो चलाउनु'

बैठकबाट निस्किँदै गर्दा मन्त्री पुनले भने, 'विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरूले केके अभियान चाल्नुपर्ने हो, तपाईँहरूको आआफ्नो क्षेत्रबाट चाल्नुस्...