नेभिगेशन
समाज

दुर्गा प्रसाईँको अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्चले आदेश दिएको छ । 

गत चैत १५ गते तिनकुनेमा आतंक मच्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । उनी पक्राउ भएपछि उनको व्यक्तिगत साथै वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको समेत खाता रोक्का गरिएको थियो । 

CG

सो निर्णयविरुद्ध दुवै अस्पतालका तर्फबाट अपरेशन डाइरकेक्टर डा अञ्जली कार्कीले सवोच्चमा रिट दायर गरेकी थिइन् । सो रिटउपर सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । 
त्यस्तै नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले  भने, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस...