नेभिगेशन
मुख्य समाचार

घट्दै तिब्बतीयन शरणार्थीः ४८ जनाले मात्रै गरे परिचयपत्र नवीकरण

गलकोट । बागलुङको ढोरपाटन उपत्यका क्षेत्रमा बस्दै आएका ४८ तिब्बतीयन शरणार्थीको पचिरयपत्र नविकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समूहले तिब्बतबाट आएर यहाँ बसेका शरणार्थीको गाउँमा पुगेर परिचयपत्र नविकरण गरेको हो ।

    पछिल्लो समय शरणार्थी बसाइँसराइका कारण पोखरा, काठमाडौँलगायत देशका ठूला सहरमा जान थालेपछि परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा क्रमशः कमि आउँदै गएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।  

CG

    गत आवमा ५० को परिचयपत्र नविकरण भएकामा चालु आवमा ४८ जनाको नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । नेपालमा बस्ने अस्थायी परिचयपत्र वार्षिक रूपमा नविकरण गरिँदै आइएको छ ।

    अघिल्लो वर्ष ५० जनाको नविकरण भएकामा चालु आवमा ४८ जनाको मात्रै नविकरण भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुुसार ढोरपाटनमा बस्ने शरणार्थीहरु विभिन्न सहरमा व्यापारका लागि जाने र नविकरणका लागि आफ्नो क्याम्प रहेको ढोरपाटने आउने गरेका छन् । यसपाली २ जना भने बिरामी परेर नविकरण नगरेको उनले बताए । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ मा ५६, आव २०७९र८० मा ५३, आव २०८०र८१ मा ५० र चालु आवमा ४८ शरणार्थीले परिचयपत्र नविकरण गरेका छन् । 

    ढोरपाटन–९ स्थित चारगाउँ, छेन्तुङलगायत ठाउँ तिब्बतीयन शरणार्थीको बसोबास रही आएको वडाध्यक्ष खिमबहादुर घर्तीले जानकारी दिए । अधिकांश शरणार्थी नविकरणका लागि मात्रै ढोरपाटन आउने गरेका बताउँदै उनले पोखरा र काठमाडौँजस्ता ठूला सहरमा व्यवसाय गर्दै आएका उल्लेख गरे ।

    साथै शरणार्थीका परिवार नेपालबाट विदेशसमेत जान थालेकाले तिब्बतीयन शरणार्थी बस्ती क्रमशः खाली हुँदै गएको वडाध्यक्ष घर्तीले बताए । ढोरपाटन छोड्दा यहाँ बनेका घर जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै जान थालेका उनको भनाइ छ । वडाध्यक्षका अनुसार अहिले तिब्बतीयन बसेको ठाउँमा केही बुढापाका मात्रै छन् ।

    व्यापार व्यवसायका लागि सहरमा जाने भएकाले क्याम सुनसान भइरहेको निमा ल्याह्मोले बताए । उनले पहिले धेरै शरणार्थी भएकामा अहिले व्यापार, विदेशलगायत कारणले बसाइँसराइ गर्नाले बस्ती खाली हुँदै गएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले  भने, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस...