नेभिगेशन
समाज

घट्दै तिब्बतीयन शरणार्थीः ४८ जनाले मात्रै गरे परिचयपत्र नवीकरण

गलकोट । बागलुङको ढोरपाटन उपत्यका क्षेत्रमा बस्दै आएका ४८ तिब्बतीयन शरणार्थीको पचिरयपत्र नविकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समूहले तिब्बतबाट आएर यहाँ बसेका शरणार्थीको गाउँमा पुगेर परिचयपत्र नविकरण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

    पछिल्लो समय शरणार्थी बसाइँसराइका कारण पोखरा, काठमाडौँलगायत देशका ठूला सहरमा जान थालेपछि परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा क्रमशः कमि आउँदै गएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।  

Ncell
Extreme Energy

    गत आवमा ५० को परिचयपत्र नविकरण भएकामा चालु आवमा ४८ जनाको नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । नेपालमा बस्ने अस्थायी परिचयपत्र वार्षिक रूपमा नविकरण गरिँदै आइएको छ ।

    अघिल्लो वर्ष ५० जनाको नविकरण भएकामा चालु आवमा ४८ जनाको मात्रै नविकरण भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुुसार ढोरपाटनमा बस्ने शरणार्थीहरु विभिन्न सहरमा व्यापारका लागि जाने र नविकरणका लागि आफ्नो क्याम्प रहेको ढोरपाटने आउने गरेका छन् । यसपाली २ जना भने बिरामी परेर नविकरण नगरेको उनले बताए । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ मा ५६, आव २०७९र८० मा ५३, आव २०८०र८१ मा ५० र चालु आवमा ४८ शरणार्थीले परिचयपत्र नविकरण गरेका छन् । 

    ढोरपाटन–९ स्थित चारगाउँ, छेन्तुङलगायत ठाउँ तिब्बतीयन शरणार्थीको बसोबास रही आएको वडाध्यक्ष खिमबहादुर घर्तीले जानकारी दिए । अधिकांश शरणार्थी नविकरणका लागि मात्रै ढोरपाटन आउने गरेका बताउँदै उनले पोखरा र काठमाडौँजस्ता ठूला सहरमा व्यवसाय गर्दै आएका उल्लेख गरे ।

    साथै शरणार्थीका परिवार नेपालबाट विदेशसमेत जान थालेकाले तिब्बतीयन शरणार्थी बस्ती क्रमशः खाली हुँदै गएको वडाध्यक्ष घर्तीले बताए । ढोरपाटन छोड्दा यहाँ बनेका घर जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै जान थालेका उनको भनाइ छ । वडाध्यक्षका अनुसार अहिले तिब्बतीयन बसेको ठाउँमा केही बुढापाका मात्रै छन् ।

    व्यापार व्यवसायका लागि सहरमा जाने भएकाले क्याम सुनसान भइरहेको निमा ल्याह्मोले बताए । उनले पहिले धेरै शरणार्थी भएकामा अहिले व्यापार, विदेशलगायत कारणले बसाइँसराइ गर्नाले बस्ती खाली हुँदै गएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...