नेभिगेशन
मुख्य समाचार

प्रसारणलाइन उद्घाटन गर्न नेपाल आए भारतका विद्युत्‌मन्त्री खट्टर

काठमाडौँ । भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन् । 

भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न भएका प्रसारणलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

CG

उनले  कोसी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३­/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने छन् । 


यस्तै उनले  सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्।

त्यसबाहेक दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारणलाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।  साथै उनी मुक्तिनाथ मन्दिर समेत जाने तय भएको छ । 
वैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।

त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री खट्टर १० गते पशुपतिको दर्शन गरेर साँझ भारत फर्किनेछन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

मृत्युहुनेमा  सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का...
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको...
रास्वपाका प्रस्तावित प्रधानमन्त्री र अर्थमन्त्रीः परिवर्तनको खाका बनाउँदै

रास्वपाका प्रस्तावित प्रधानमन्त्री र अर्थमन्त्रीः परिवर्तनको खाका बनाउँदै

वाग्ले र शाहलाई रास्वपाले फागुन २१ पछि बन्ने सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीकारुपमा घोषणा गरिसकेको छ । बालेन शाहसँग एकताका बेलामा नै उनलाई फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग ‘संशोधन’ गर्ने लिइएका आधार के हुन् ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग ‘संशोधन’ गर्ने लिइएका आधार के हुन् ?

संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया प्राली मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नदेखिएता पनि सोही...