नेभिगेशन
समाज

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।

रविलाई रिहा गर्न माग गर्दै लामिछाने पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलास परेको थियो । मुसलमानको इजलासले सो निवेदन संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। आदेश भएसँगै अब उक्त निवेदनउपर सर्वोच्च अदालतको संयुक्त इजलासले सुनुवाई गर्ने छ ।

CG

रवि लामिछानेलाई गैरकानुनी थुनामा राखेको भन्दै रविपत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ग्रैहकानुनी पक्राउ पुर्जी दिएको थियो । अदालतमा मुद्धा दायर भैसकेको लामिछानेलाई प्रहरीले फेरी अदालतका आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो ।
साथै सोहि दिन राति अदालतका आदेश अनुसार भन्दै अनुसन्धानमा हिरासतमा राखिएको पुर्जी दिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

मृत्युहुनेमा  सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का...
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको...
रास्वपाका प्रस्तावित प्रधानमन्त्री र अर्थमन्त्रीः परिवर्तनको खाका बनाउँदै

रास्वपाका प्रस्तावित प्रधानमन्त्री र अर्थमन्त्रीः परिवर्तनको खाका बनाउँदै

वाग्ले र शाहलाई रास्वपाले फागुन २१ पछि बन्ने सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीकारुपमा घोषणा गरिसकेको छ । बालेन शाहसँग एकताका बेलामा नै उनलाई फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग ‘संशोधन’ गर्ने लिइएका आधार के हुन् ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग ‘संशोधन’ गर्ने लिइएका आधार के हुन् ?

संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया प्राली मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नदेखिएता पनि सोही...