नेभिगेशन
समाज

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविलाई रिहा गर्न माग गर्दै लामिछाने पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलास परेको थियो । मुसलमानको इजलासले सो निवेदन संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। आदेश भएसँगै अब उक्त निवेदनउपर सर्वोच्च अदालतको संयुक्त इजलासले सुनुवाई गर्ने छ ।

Ncell
Extreme Energy

रवि लामिछानेलाई गैरकानुनी थुनामा राखेको भन्दै रविपत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ग्रैहकानुनी पक्राउ पुर्जी दिएको थियो । अदालतमा मुद्धा दायर भैसकेको लामिछानेलाई प्रहरीले फेरी अदालतका आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो ।
साथै सोहि दिन राति अदालतका आदेश अनुसार भन्दै अनुसन्धानमा हिरासतमा राखिएको पुर्जी दिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...