नेभिगेशन
समाज

प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र अबको कार्यभार विषयक बिचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितीवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

यथास्थितीवाद सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनले बताए । श्रेष्ठले सरकार यथास्थितीवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसका बिरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनबिरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गरे । 
त्यस्तै उनले कम्युनिष्ट पार्टीहरुसँग एकता र धुब्रिकरण प्रक्रिया अघि बढाउदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए । 

उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरि शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।