नेभिगेशन
समाज

कक्षा १२ को परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्की आउन थाल्योः शिक्षक महासंघ

काठमाडौँ : नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा केन्द्र परेको स्कुलका प्रधानाध्यापक र शिक्षकहरूलाई विभिन्न नियायबाट धम्की आउन थालेको बताएको छ । महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘२०८२ वैशाख ११ गते शुरू हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’, महासंघले भनेको छ । 

Ncell
Extreme Energy

त्यस्तै महासंघले उक्त परीक्षामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन समेत दिएको छ। ‘विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक÷कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय परिक्षा बोर्डले आगामी बैसाख ११ गतेबाट कक्षा १२ को परिक्षा गर्ने बताएको छ । मंगलबार मात्र बोर्डले आफूहरुले जुनसुकै हालतमा भएपनि तोकिएकै समयमा बोर्ड परिक्षा गर्ने बताएको छ । 

teachers-association-1745324004.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।