नेभिगेशन
समाज

७२ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौँ । कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिए । 

Ncell
Extreme Energy

उनले आफुहरुले अघि सारेको मागका विषयमा राज्यलाई थप व्ययभार नपर्ने गरि छलफल गर्न तयार रहेको जिकिर गरे । भट्टले आफुहरुले अघि सारेका बिषयलाई समेत समावेश गरेर सदनको पहिलो दिन नै निजामती विधेयक पेश हुनुपर्नेमा जोड दिए । स्थानीय तहमा कर्मचारीलाई दासको जस्तो व्यवहार भोग्नुपरेको उनले बताए ।

बैठकमा बिभिन्न कर्मचारी संघसंगठनले १० बुँदे संयुक्त मागबारे जानकारी गराएका थिए । उनीहरुले संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने लगाएतका माग राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।