नेभिगेशन
समाज

७२ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौँ । कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिए । 

CG

उनले आफुहरुले अघि सारेको मागका विषयमा राज्यलाई थप व्ययभार नपर्ने गरि छलफल गर्न तयार रहेको जिकिर गरे । भट्टले आफुहरुले अघि सारेका बिषयलाई समेत समावेश गरेर सदनको पहिलो दिन नै निजामती विधेयक पेश हुनुपर्नेमा जोड दिए । स्थानीय तहमा कर्मचारीलाई दासको जस्तो व्यवहार भोग्नुपरेको उनले बताए ।

बैठकमा बिभिन्न कर्मचारी संघसंगठनले १० बुँदे संयुक्त मागबारे जानकारी गराएका थिए । उनीहरुले संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने लगाएतका माग राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज मकर(माघे) सङ्क्रान्ति पर्व, यस्तो छ धार्मिक महत्व

आज मकर(माघे) सङ्क्रान्ति पर्व, यस्तो छ धार्मिक महत्व

त्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु,...
निर्वाचन आउन ४९ दिन बाँकीः आयोग निर्वाचन सुरक्षामा केन्द्रित

निर्वाचन आउन ४९ दिन बाँकीः आयोग निर्वाचन सुरक्षामा केन्द्रित

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति...
कांग्रेसमा फुट पछि यस्तो बन्यो गगन-कांग्रेसको टिम

कांग्रेसमा फुट पछि यस्तो बन्यो गगन-कांग्रेसको टिम

यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् । त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला...
विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

पाली काङ्ग्रेसको भृकुटी मण्डपमा जारी विशेष महाधिवेसनले गगन कुमार थापालाई काँग्रेसको सभापति निर्वाचित भएको घोषणा गरिएको छ ।