नेभिगेशन
समाज

युएईका उपप्रधानमन्त्री काठमाडौँमा, द्विपक्षीय वार्ता आजै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । 

Ncell
Extreme Energy

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको   प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहेका छन् । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।