नेभिगेशन
समाज

आमा, दिदी र भिनाजूसहित जम्मू–काश्मिर घुम्न पुगेका सुदिप आतंकवादी हमलामा मारिए

काठमाडौँ । भारतको जम्मू–कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका नेपाली युवक बुटवलका सुदिप न्यौपाने भएको खुलेको छ । बुटवल–१४ बेलबरियाका २६ वर्षीय न्यौपाने आमा, बहिनी र ज्वाइँलाई घुमाउन जम्मू–काश्मिर पुगेको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी गत शनिबार मात्रै भारत गएको खुलेको छ । मिनी स्विट्जरल्यान्ड भनेर चिनिने सो क्षेत्र पुगेका उनीमाथि धर्म सोध्दै बन्दूकधारीहरू समूहले गोली प्रहार गरेको बताइएको छ । उनीसँग गएका आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल शकुसल रहेको भारतस्थित नेपाली दुतावासका एक अधिकारीले जनाएको छ । 

Ncell
Extreme Energy

हमलामा मारिएका न्यौपानेको शव बुधबार नेपाल ल्याउने तयारी भइरहेको छ । शव कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौँ हुँदै बुटवल लग्ने तयारी रहेको परिवारले जनाएको छ । 

भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका नागरिक पनि रहेका छन् । 

बन्दुकधारीले पर्यटकमाथि धर्म सोध्दै गोली चलाएका थिए  जसमा नेपाली सन्दीप न्यौपानेको मृत्यु भएको हो । आतंककारीहरुको आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

आक्रमणको जिम्मा लस्कर–ए–तोएबाले लिएको छ । आक्रमणको जिम्मा लिएको लस्कर–ए–तोएबा कस्मिर क्षेत्रमा सन् १९८९ देखि भारतबाट अलग हुने वा पाकिस्तानसँग मिल्न पाउनुपर्ने माग राखेर सशस्त्र विद्रोह चलाइरहेका संगठनमध्ये एक हो 

घटना भएको पहलगामको बैसरन उपत्यका लेकमा अवस्थित घाँसेमैदान हो । घाइतेहरुका अनुसार आक्रमणकारीले जंगलबाट बाहिर निस्केर अन्धाधुन्ध गोली चलाएका थिए । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकमाझ लोकप्रिय गन्तव्यस्थल हो ।

आक्रमणस्थल पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले आक्रमणपछि घाइतेको उद्धारका लागि सैन्य हेलिकोप्टर परिचालन गरिएको थियो । भारतका केन्द्रीय मन्त्री अमित साह आक्रमणलगत्तै जम्मु–कस्मिरको राजधानी श्रीनगर पुगेका छन् । त्यहाँ साहले सबै एजेन्सीहरू सम्मिलित सुरक्षा समीक्षा बैठक बसाए । 

जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगतको भन्दा निकै ठुलो भएको बताए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कस्मिरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।

योभन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा रहेका वेला यो आक्रमण भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी आक्रमणलाई ‘क्रूर घटना’ भन्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

विपक्षी नेता राहुल गान्धीले आक्रमणलाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला केही वर्षदेखि कस्मिरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकले कस्मिर भ्रमण गरेको सरकारी तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।