नेभिगेशन
समाज

सरकारी शिक्षकका सन्तानलाई अनिवार्य सरकारी विद्यालयमै पढाउन वडाको निर्देशन, नगरे सेवा सुविधा रोकिने

बाराको जितपुरसिमरा उपमहानगरपालिका – १५ वडा कार्यालयले सरकारी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालय मै भर्ना गराउन निर्देशन दिएको छ । साेमबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडा अध्यक्ष रामप्रसाद लामिछानेका अनुसार, यस आर्थिक वर्षदेखि वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई नजिकको कुनै सरकारी विद्यालयमा अनिवार्य रूपमा कक्षा १० सम्म पठाउनुपर्नेछ । यो निर्णय कार्यान्वयन गर्न स्पष्ट निर्देशनसमेत जारी गरिएको छ ।

Ncell
Extreme Energy

शिक्षा सुधारको उद्देश्यले निर्णय

शिक्षकले आफैँ पढाउने विद्यालयमा आफ्ना सन्तानलाई पढाएमा विद्यालयको पठनपाठन, अनुशासन र सेवा–प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वाससहित यस्तो निर्णय गरिएको वडा अध्यक्ष राम प्रसाद लामिछानेले बताए । “शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्नु शिक्षा प्रणाली मै शंका गर्ने आधार बन्छ” वडाध्यक्ष लामिछानेले भने, “अब सुधारको थालनी शिक्षकबाटै गरिनुपर्ने भएकाले सुरुवात गरिएको हाे । ”

निर्देशन अवज्ञा गरे सेवा सुविधा कट्टा गरिने

वडा कार्यालयकाे निर्णय अनुसार यदि शिक्षकहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा अध्ययन गराएको पाइएमा उपमहानगरपालिकाबाट प्राप्त सेवा–सुविधा जस्तै तलब अतिरिक्त लाभ, प्रोत्साहन भत्ता लगायत सुविधा कट्टा गरिने छ ।

कार्यन्वयनका लागि वडा कार्यालयले विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक सहितलाई समन्वय गर्दै कार्यन्वयन गर्न निर्देशन दिएकाे वडा अध्यक्ष  । यसबाट सरकारी विद्यालयप्रतिको विश्वास बढ्ने र सामुदायिक शिक्षा सुधारमा टेवा पुग्ने वडाले विश्वास लिएको छ।

यस वडामा नेपाल राष्ट्रिय मावि डुबरवाना, जनकल्याण आधारभूत विद्यालय (नयाँबस्ती), र बालज्योती आधारभूत विद्यालय (भवानीपुर) गरी तीनवटा सरकारी विद्यालय रहेका छन् । तीमध्ये जनकल्याण आधारभूत विद्यालयमा कार्यरत शिक्षकका सन्तान यसअघि कै शैक्षिक सत्र देखी अध्ययनरत रहेका छन् । बाँकी शिक्षकहरूका सन्तानलाई यस आर्थिक वर्षदेखि अनिवार्य रूपमा सरकारी विद्यालय मै भर्ना गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष लामिछानेका अनुसार, दोस्रो चरणमा वडा कार्यालयमा पर्ने अन्य सरकारी कार्यालयका कर्मचारीहरूका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमै पढाउन अनिवार्य गरिनेछ । “शिक्षामा गुणस्तर ल्याउन सबै सरकारी कर्मचारीहरूले उदाहरणीय भूमिका खेल्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै