नेभिगेशन
समाज

केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैनः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताए । उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता बिपरित बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे । 

Ncell
Extreme Energy

त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई उल्टाउने मात्रै नभइ सुशासन कायम गर्न लागेका अधिकारीलाइ छानी छानी दण्डित गर्ने काम सरकारले गरेको जनाएको छ । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र बिपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृखला नै खडा गरिएको बताए । उनले वर्तमान सरकारले गरेका निर्णय सबै बिचौलियाहरुको स्वार्थमा जनहित र राष्ट्रहित बिपरित रहेको उल्लेख गरे । 

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पुरा गर्नुभन्दा पनि सरकारले उनीहरुलाई होच्चाउने र अपमानीत गर्ने काम गरेको जनाएको छ भने शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पुरा गर्न पनि माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।