नेभिगेशन
समाज

राज्य व्यवस्था समितिले पास गर्यो निजामति विधेयकको प्रारम्भिक बुँदाहरु

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भीक बुँदाहरु पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

Ncell
Extreme Energy

जसअनुसार विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शव्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ । त्यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ । 

अन्य बिषयमा क्रमश छलफल गर्दै सहमतिका साथ विधेयकलाई अघि बढाउने सभापति खतिवडाले जानकारी दिए । उनले संसदको अवको अधिवेशनमा नै लैजाने गरि विधेयक पारित गर्ने बताए । 

सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । कर्मचारी संगठनहरुले भने आफुहरुसंग यसअघि भएका सहमतिका आधारमा विधेयक अघि बढ्नुपर्ने अडान राखेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।