नेभिगेशन
समाज
पहलगाममा भएको आतंकवादी आक्रमण

कश्मीर घटनापछि पाकिस्तानविरुद्ध भारतका पाँच निर्णयः दुतावास बन्द देखि भिसा प्रतिबन्ध

नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध पाँच वटा कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई ४८ घण्टा भित्र देश छोड्न भनिएको छ । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा दिइने छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ। पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ। 

Ncell
Extreme Energy

त्यस्तै  सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ।
पहलगामको बैसरणमा भएको आतंकवादी हमलाको दोस्रो दिन बुधबार श्रीनगरदेखि दिल्लीसम्म शृङ्खलाबद्ध बैठकहरू आयोजना गरिएको थियो। त्यसपछि प्रधानमन्त्री मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक आयोजना गरिएको थियो।

प्रधानमन्त्री निवासमा मोदीको अध्यक्षतामा साढे दुई घण्टा लामो बैठक भएको थियो। यसमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, एनएस अजित डोभाल लगायत धेरै अधिकारीहरू उपस्थित थिए।
पहलगाम हमलामा २७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् । उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले...
शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका दुवै खेमाले घोषणा गरेका महाधिवेशन रोकेर विवेकपूरर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।