नेभिगेशन
मुख्य समाचार

अघोषित लोडसेडिङ बारे विद्युत प्राधिकरण भन्छः भारतबाट विद्युत आउन कम भयो!

नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत कम आएपछि नेपालमा व्यवस्थापन गर्न कठिन भएको जनाएको छ । प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी नेपालमा अघोषित लोडसेडिङको तत्कालको अवस्थाबारे जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार सुख्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ। हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ। 

CG


नपुग विद्युत भारतबाट आयात गरि आपुर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पाएको छैन। प्राधिकरणले नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत आपुर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास लिएको छ।


‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ’ प्राधिकरणले भनेको छ, ‘नपुग विद्युत भारतबाट आयात गरी आपुर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पाएको छैन।’

नेपालले छिमेकी मुलुक भारतबाट पीईसी मार्फत बेलुका ६ बजे देखि विहान ६ः०० बजे सम्म १३२ केभी लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपुर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत आपुर्ति भइरहेको छ।

भारतमा आईपीएल खेल जारी रहँदा माग बढेकोले आईईएक्सको दररेट पीईसीको दररेट भन्दा बढी भएकोले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन नसकेको प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ।

उल्लेखित कारणले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिइने गरेको भएता पनि माग र आपुर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणको भनाई छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

पाली काङ्ग्रेसको भृकुटी मण्डपमा जारी विशेष महाधिवेसनले गगन कुमार थापालाई काँग्रेसको सभापति निर्वाचित भएको घोषणा गरिएको छ ।
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, सहकारी ठगी यथावत

रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, सहकारी ठगी यथावत

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत  लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ  भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।
पदाधिकारीलाई कारवाही गर्ने  केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा...
कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले...