नेभिगेशन
समाज

नेपालमा नयाँ शक्तिशाली पार्टी उदाउँदै छ, धेरै पार्टी र शक्तिको निद्रा उडेको छ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालमा नयाँ शक्तिशाली पार्टी उदाउने क्रममा रहेको बताएका छन् । बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै डा. राउतले आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने पार्टी उदाउने क्रममा रहेका कारण अहिले धेरैको निद्रा उडेको बताएका छ्न । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष राउतले राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता गर्ने तयारी रहेको बताएका हुन् । ‘धेरै  पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ।  किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ। ’, राउतले लेखेका छन्, ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई (जनमत/नाउपा दुइटैलाई) तहसनहस गर्नका लागि विगत ७/८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्।’

Ncell
Extreme Energy

त्यस्तै उनले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता हुन नदिनका लागि कुनै कसर बाँकी नरहेको जनाएका छन् । ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनस् पक्राऊ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन्।’, राउतले फेसबुकमा लेखेका छन् । 

त्यस्तै चौतर्फी घेराबन्दीबिच आफूहरु नआत्तिएको आफ्ना समर्थकलाई पनि नआत्तिन उनले आग्रह गरेका छन् । डा राउतले वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको घोषणा गर्ने तयारी समेत रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।