नेभिगेशन
समाज

नेपालमा नयाँ शक्तिशाली पार्टी उदाउँदै छ, धेरै पार्टी र शक्तिको निद्रा उडेको छ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालमा नयाँ शक्तिशाली पार्टी उदाउने क्रममा रहेको बताएका छन् । बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै डा. राउतले आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने पार्टी उदाउने क्रममा रहेका कारण अहिले धेरैको निद्रा उडेको बताएका छ्न । 

अध्यक्ष राउतले राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता गर्ने तयारी रहेको बताएका हुन् । ‘धेरै  पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ।  किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ। ’, राउतले लेखेका छन्, ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई (जनमत/नाउपा दुइटैलाई) तहसनहस गर्नका लागि विगत ७/८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्।’

CG

त्यस्तै उनले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता हुन नदिनका लागि कुनै कसर बाँकी नरहेको जनाएका छन् । ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनस् पक्राऊ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन्।’, राउतले फेसबुकमा लेखेका छन् । 

त्यस्तै चौतर्फी घेराबन्दीबिच आफूहरु नआत्तिएको आफ्ना समर्थकलाई पनि नआत्तिन उनले आग्रह गरेका छन् । डा राउतले वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको घोषणा गर्ने तयारी समेत रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै