नेभिगेशन
समाज

लोकतन्त्र दिवसका अवसरमा एमालेद्वारा भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेसन’ कार्यक्रम आयोजना

काठमाडौँ । लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौँको भृकुटीमण्डप  ‘यूथ सेलिब्रेसन’ कार्यक्रम आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन युवाहरु भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।

आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिईरहेका छन् । 

CG

कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेका एमालेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । 

“देशैभरबाट काठमाडौँ आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । कार्यक्रममा सहभागी हुन काठमाडौँका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्”, उनले भने । 

करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले जानकारी दिए । 

उनका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ, काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने संयोजक ढुङ्गेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा

पाली काङ्ग्रेसको भृकुटी मण्डपमा जारी विशेष महाधिवेसनले गगन कुमार थापालाई काँग्रेसको सभापति निर्वाचित भएको घोषणा गरिएको छ ।
पदाधिकारीलाई कारवाही गर्ने  केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा...
कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले...
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

उनले आफूहरु आधिकारिक काँग्रेस भएको दाबी गरेका छन । उनले कानुन, विधि, संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिने पनि दाबी गरे ।