नेभिगेशन
समाज

लोकतन्त्र दिवसका अवसरमा एमालेद्वारा भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेसन’ कार्यक्रम आयोजना

काठमाडौँ । लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौँको भृकुटीमण्डप  ‘यूथ सेलिब्रेसन’ कार्यक्रम आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन युवाहरु भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिईरहेका छन् । 

Ncell
Extreme Energy

कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेका एमालेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । 

“देशैभरबाट काठमाडौँ आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । कार्यक्रममा सहभागी हुन काठमाडौँका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्”, उनले भने । 

करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले जानकारी दिए । 

उनका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ, काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने संयोजक ढुङ्गेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।