नेभिगेशन
समाज

एमालेको कार्यक्रममा सुनिताको भाषण, ‘स्टन्ट गरेर देश बन्दैन’

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले स्टन्ट गरेर देश नबन्ने बताएकी छिन् । बिहिबार नेकपा एमालेले लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको युथ सेलिब्रेसनमा बोल्दै उनले स्टन्ट गरेर देश बन्छ ? भन्दै प्रश्न गरेर त्यसको उत्तर समेत आफैँले दिएकी छिन् । 

त्यस्तै उनले देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्ने र काममा इमानदारिता हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? स्टन्ट गरेर देश बन्दैन ।’, डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्छ, काममा इमानदारिता हुनुपर्छ । त्यसकारण हामी स्टन्ट गर्ने युवा हैनौँ, काम गर्ने युवा बनौँ । त्यसकारण हामी अराजक युवा हैनौँ, अनुशासित युवा बनौँ ।

त्यस्तै उनले कुनै काम भएन भनेर कम्प्लेन मात्रै हैन, समाधानसँग जुध्ने ल्याकत राख्न युवाले सक्नुपर्ने बताइन् । ‘एण्ड लेट्स नट बि द कम्पलेनर वन्ली, लेट्स बि त सोल्युशन मेकर । समस्या आइपर्यो भने कुद्ने भाग्ने हैन, समस्या आइपर्यो भने समस्यासँग जुध्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरुले ।’, उनले भनिन् । 

उपमेयर डंगोलले देशलाई सक्षम र असल युवाको खाँचो समेत रहेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...