नेभिगेशन
समाज

एमालेको कार्यक्रममा सुनिताको भाषण, ‘स्टन्ट गरेर देश बन्दैन’

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले स्टन्ट गरेर देश नबन्ने बताएकी छिन् । बिहिबार नेकपा एमालेले लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको युथ सेलिब्रेसनमा बोल्दै उनले स्टन्ट गरेर देश बन्छ ? भन्दै प्रश्न गरेर त्यसको उत्तर समेत आफैँले दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्ने र काममा इमानदारिता हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? स्टन्ट गरेर देश बन्दैन ।’, डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्छ, काममा इमानदारिता हुनुपर्छ । त्यसकारण हामी स्टन्ट गर्ने युवा हैनौँ, काम गर्ने युवा बनौँ । त्यसकारण हामी अराजक युवा हैनौँ, अनुशासित युवा बनौँ ।

Ncell
Extreme Energy

त्यस्तै उनले कुनै काम भएन भनेर कम्प्लेन मात्रै हैन, समाधानसँग जुध्ने ल्याकत राख्न युवाले सक्नुपर्ने बताइन् । ‘एण्ड लेट्स नट बि द कम्पलेनर वन्ली, लेट्स बि त सोल्युशन मेकर । समस्या आइपर्यो भने कुद्ने भाग्ने हैन, समस्या आइपर्यो भने समस्यासँग जुध्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरुले ।’, उनले भनिन् । 

उपमेयर डंगोलले देशलाई सक्षम र असल युवाको खाँचो समेत रहेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।