नेभिगेशन
समाज
संसदीय दलको बैठकका निर्णय :

रास्वपाले शिक्षा विधेयक पारित गराउन पहल गर्ने, बजेट छलफललाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुले अघि सारेका मागलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरुले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टीम बनाउने निर्णय भएको उनले बताए । 

CG

त्यस्तै आगामी बर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थीति जनाउने निर्णय बैठकले गरेको छ । नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए । 

त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामति विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रुपमा भूमिका निर्वाह गरि छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै