नेभिगेशन
समाज

आन्दोलनरत चिकित्सकहरूको मागप्रति रास्वपाको गम्भीर ध्यानकर्षण, निर्वाह भत्ता ४८ हजार कार्यान्वयन गराउन माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनरत निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको मागप्रति सरकारले उदासिन देखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख डा.तोसिमा कार्कीले  विज्ञप्ति जारी गदै आन्दोलनरत निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न उदासिनता देखाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी हुन् । 
विज्ञप्तिमा भनिएको छ,नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 

Ncell
Extreme Energy

त्यस्तै सरकारी र निजी मेडिकल कलेजका आवासीय चिकित्सक एमडी, एमएस, एमडीएसहरूको निर्वाह भत्ता समान हुने गरी आठौँ तहको चिकित्सक सरह ४८ हजार ७३७ रुपैँया उपलब्ध गराउन पनि रास्वपाले माग गरेको छ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।

भर्खरै