नेभिगेशन
समाज

शिक्षकहरुलाई वार्तामा आउन शिक्षामन्त्री पन्तकाे आह्वान

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । बिहिबार पदभार ग्रहण गरेका मन्त्री पन्तले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
 
मन्त्री पत्तले मन्त्रालयले शिक्षकहरूको समाधान खोज्न तत्पर रहेको जनाउँदै नेपाल शिक्षक महासंघलाई वार्तामा आउन  आह्वान गरेको हो। उनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘बिद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा उक्त बिधेयकलाई यथाशीघ्र पारित गरियोस्‌ भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट बिभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय शिक्षा बिधेयक निर्दिष्ट समयमा पारित गर्ने बातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयनशील रहेको छ । शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस्‌ भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविकै हो ।’
त्यस्तै उनले विधिसम्मत कानुन बनाउने तयारी भइरहेको र विगतमा झैँ निरन्तर संवाद र छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्तामा आउन आह्वान गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘बिधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित बिधायकी एवम्‌ कानूनी बन्दोबस्त रहेका छन्‌ र सबैलाई यसको जानकारी पनि छदैँछ । तसर्थ, शिक्षकहरुसँग बिगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।’
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै