नेभिगेशन
समाज

रास्वपामाथिको प्रतिशोध र नियतवस आक्रमणको हिसाबकिताब ८४ मा गरौँला : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले आफूहरुमाथि सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारको हिसाबकिताब ८४ मा गर्ने बताएका छन् । शुक्रबार सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट सम्बोधन गर्दै उपसभापति अर्यालले सिङ्गो पार्टी र पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध र नियतवश आक्रमण गरेका कारण त्यसको हिसाबकिताब ८४ मा गर्ने बताएका हुन् । 

उनले आफूहरु नेताहरुको पछि लागेर बल आर्जन गर्नुको सट्टा नागरिकको आत्मियताबाट बल आर्जन गर्ने कुरामा विश्वास राख्ने बताए । ‘हामीमाथि प्रतिशोध र नियतवस आक्रमण भएकाले यस्तो बेला हाम्रो अलिकति आक्रमकता स्वभाविक पनि हुन्छ । यसको हिसाबकिताब ८४ मा गरौँला । हामी नेताको तहमा मातापच्ची गर्नुभन्दा नागरिकहरुको आत्मियताबाट बल आर्जन गर्ने कुरामा विश्वास राख्छौँ र त्यही गर्नेछौँ ।’

त्यस्तै उनले सरकारले राम्रो काम गर्ने उद्देश्य राखेमा असल नियतका साथ रास्वपा सरकारलाई सघाउन सदैव तयार रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै