नेभिगेशन
समाज

रवि लामिछानेमाथि सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारले कानुनी शासनकै धज्जी उडायो: उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले रवि लामिछानेप्रति गरेको प्रतिशोधपूर्ण व्यवहारले कानुनी शासनकै धज्जी उडाएको बताएका छन् । शुक्रवार सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट सम्बोधन गर्दै उपसभापति समेत अर्यालले सरकारले रवि लामिछानेलाई कानुन कुल्चेर प्रतिशोधपूर्ण व्यवहार गरिएकाे बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालत तुलसीपुर, रुपन्देही इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेपछि सरकारका तर्फबाट भएको बलजफतीले सरकारको नियत र नेपाल प्रहरीको गैरव्यवसायिकता देखाएको उनले बताए । ‘चैत २२ गते प्रहरीले रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया, ड्यू प्रोसेस अफ ल विपरीत रहेको र पक्राउ पर्नुभएका लामिछानेलाई २५ गते मात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिएकाले उहाँको २ दिन, ३ रातको हिरासत स्वतः अवैध भएको छ ।’, अर्यालले भने, ‘सभापति लामिछानेलाई पक्राउ गर्न आफैँ सक्रिय भएको प्रहरीले उहाँको निवासमा गरेका क्रियाकलाप झनै आपत्तिजनक थियो । कानुनले निर्धारित गरेका आधारभूत कागजात र अदालतको आदेश समेत नलिई घर प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै मिलाप गरी पक्राउ पुर्जी दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै सोध्नुजस्ता क्रियाकलापले पनि सरकारको नियत र गैरव्यवसायिकता मात्रै प्रस्ट्याएको छैन, कानुनी शासनकै धज्जी उडाएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले पार्टी सभापति लामिछानेलाई चितवनका मतदाताले विश्वासका साथ सुम्पिएको जिम्मेवारी पुरा गर्न नपाओस् भनेरै सरकारले सम्पत्ति शुद्धीकरणको अभियोग लगाएर सांसद पद निलम्बन बताएका छन् । उनले भने, ‘यो बैठकमा मैले हाम्रा सभापति रवि लामिछानेलाई साँधिएको राजनीतिक प्रतिशोध दर्ज गराउनै पर्छ । संसदीय छानबिन विशेष समितिको निष्कर्ष र सिफारिस विपरीत उहाँलाई ४÷४ ओटा जिल्लामा फरक फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो । चितवनका मतदाताले अगाध विश्वासका साथ सुम्पिएको जिम्मेवारी पुरा गर्न नपाओस् भनेरै होला सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो । लोकतान्त्रिक राज्यले थुनाबाहिरै रहेर नागरिकलाई मुद्दाको प्रतिरक्षा गर्ने वातावरण प्रोत्साहित गर्नुपर्ने हो तर सरकार उहाँलाई भने जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै