नेभिगेशन
समाज

रवि लामिछानेमाथि सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारले कानुनी शासनकै धज्जी उडायो: उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले रवि लामिछानेप्रति गरेको प्रतिशोधपूर्ण व्यवहारले कानुनी शासनकै धज्जी उडाएको बताएका छन् । शुक्रवार सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट सम्बोधन गर्दै उपसभापति समेत अर्यालले सरकारले रवि लामिछानेलाई कानुन कुल्चेर प्रतिशोधपूर्ण व्यवहार गरिएकाे बताए । 

उच्च अदालत तुलसीपुर, रुपन्देही इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेपछि सरकारका तर्फबाट भएको बलजफतीले सरकारको नियत र नेपाल प्रहरीको गैरव्यवसायिकता देखाएको उनले बताए । ‘चैत २२ गते प्रहरीले रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया, ड्यू प्रोसेस अफ ल विपरीत रहेको र पक्राउ पर्नुभएका लामिछानेलाई २५ गते मात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिएकाले उहाँको २ दिन, ३ रातको हिरासत स्वतः अवैध भएको छ ।’, अर्यालले भने, ‘सभापति लामिछानेलाई पक्राउ गर्न आफैँ सक्रिय भएको प्रहरीले उहाँको निवासमा गरेका क्रियाकलाप झनै आपत्तिजनक थियो । कानुनले निर्धारित गरेका आधारभूत कागजात र अदालतको आदेश समेत नलिई घर प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै मिलाप गरी पक्राउ पुर्जी दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै सोध्नुजस्ता क्रियाकलापले पनि सरकारको नियत र गैरव्यवसायिकता मात्रै प्रस्ट्याएको छैन, कानुनी शासनकै धज्जी उडाएको छ ।’

CG

त्यस्तै उनले पार्टी सभापति लामिछानेलाई चितवनका मतदाताले विश्वासका साथ सुम्पिएको जिम्मेवारी पुरा गर्न नपाओस् भनेरै सरकारले सम्पत्ति शुद्धीकरणको अभियोग लगाएर सांसद पद निलम्बन बताएका छन् । उनले भने, ‘यो बैठकमा मैले हाम्रा सभापति रवि लामिछानेलाई साँधिएको राजनीतिक प्रतिशोध दर्ज गराउनै पर्छ । संसदीय छानबिन विशेष समितिको निष्कर्ष र सिफारिस विपरीत उहाँलाई ४÷४ ओटा जिल्लामा फरक फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो । चितवनका मतदाताले अगाध विश्वासका साथ सुम्पिएको जिम्मेवारी पुरा गर्न नपाओस् भनेरै होला सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो । लोकतान्त्रिक राज्यले थुनाबाहिरै रहेर नागरिकलाई मुद्दाको प्रतिरक्षा गर्ने वातावरण प्रोत्साहित गर्नुपर्ने हो तर सरकार उहाँलाई भने जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै