नेभिगेशन
समाज

वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको छः वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पुनले सरकारको १० महिनाको गतिविधि हेर्दा बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका हुन् । उनले बिचौलियासँगको साँठगाँठ र बिपक्षी दलसँग प्रतिशोध साँध्ने बाहेकका कुनै पनि काम सरकारले गर्न नसकेको जिकिर गरे । 

CG

नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि भएका चलखेल दिनको घाम जतिकै छर्लङ्ग गरेको उनले बताए । पुनले सरकार गठन गर्दा भनिएको संविधान संशोधन सुरु हुन नसकेको, सुशासनको धज्जी उठाउने काम भएको र सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको तर्क गरे ।

वर्तमान सरकार बनेपछि जनतामा असन्तुष्टि देखिएकाले त्यसबाट फाइदा उठाउँदै प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरेको उनले बताए । उनले आन्दोलन चिकित्सक, शिक्षक लगाएतका माग पुुरा गर्नका तत्परता देखाउन आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै