नेभिगेशन
समाज

वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको छः वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पुनले सरकारको १० महिनाको गतिविधि हेर्दा बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुदै गएको बताएका हुन् । उनले बिचौलियासँगको साँठगाँठ र बिपक्षी दलसँग प्रतिशोध साँध्ने बाहेकका कुनै पनि काम सरकारले गर्न नसकेको जिकिर गरे । 

Ncell
Extreme Energy

नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि भएका चलखेल दिनको घाम जतिकै छर्लङ्ग गरेको उनले बताए । पुनले सरकार गठन गर्दा भनिएको संविधान संशोधन सुरु हुन नसकेको, सुशासनको धज्जी उठाउने काम भएको र सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको तर्क गरे ।

वर्तमान सरकार बनेपछि जनतामा असन्तुष्टि देखिएकाले त्यसबाट फाइदा उठाउँदै प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरेको उनले बताए । उनले आन्दोलन चिकित्सक, शिक्षक लगाएतका माग पुुरा गर्नका तत्परता देखाउन आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै